काठमाडौं- स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड गरेको छ।
कम्पनीले गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १ लाख ९५ हजार १९५ कित्ता आईपीओ बिक्री खुला गरेको थियो।
बिक्री अवधिभर कुल २४ लाख ४० हजार ४६० जना आवेदकले २ करोड ७४ लाख ६४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये २ हजार ३०० जनाको आवेदन रद्द भएको छ।
रीतपूर्वक आवेदन दिएका २४ लाख ३६ हजार ३९३ जनामध्ये १९ हजार ५१९ जना आवेदकले १०/१० कित्ताका दरले सेयर हात पारेका छन् भने बाँकी २४ लाखभन्दा बढी आवेदकको हात खाली भएको छ। यी मध्येबाट १० कित्ताभन्दा बढीका लागि आवेदन दिएकाहरूमध्ये थप ५ जनाले १/१ कित्ताका दरले ११ कित्ता सेयर हात पारेका छन्।
यो आइपीओको अन्तिम नतिजा धितोपत्र निष्कासन गर्ने कम्पनी र धितोपत्र बिक्री प्रबन्धक कम्पनीको वेबसाइटसँगै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा गएर हेर्न सकिन्छ।
प्रतिक्रिया