नेप्सेमा हिमस्टार ऊर्जा कम्पनीको सेयर सूचीकृत, कतिमा खुल्छ कारोबार ?

विहीबार, १२ भदौ २०८२, १२ : ४५

काठमाडौं- हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको छ। सूचीकृत भएको छ। आज बिहीबार कम्पनीको ३७ लाख ३० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा बिक्री गरेको ११ लाख १९ हजार किा र संस्थापक सेयरधनीहरुले लगानी गरेको २६ लाख ११ हजार कित्ता गरी कुल ३७ लाख ३० हजार कित्ता यस दिन नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको सेयर भदौ १५ गते अर्थात आगामी आइतबारदेखि नेप्सेमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९९ रुपैयाँ १७ पैसादेखि २९७ रुपैयाँ ५१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। 

यो सेयर आगामी आइतबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। नेप्सेले कम्पनीलाई एचआईएमएसटीएआर स्टक टिकर प्रदान गरेको छ।

 
 
 
विहीबार, १२ भदौ २०८२, १२ : ४५

प्रतिक्रिया