स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्छ : नेप्से

शनिबार, १४ भदौ २०८२, १० : ५६

काठमाडौं- स्वचालित प्रणालीले भारित औसत मूल्यका आधारमा सेयर बजार परिसूचक गणना गर्ने गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्पष्ट पारेको छ।

नेप्से सूचकांक गणनाका सम्बन्धमा विरोध भएपछि नेप्सेले विज्ञप्ति जारी गर्दै यस्तो प्रष्टीकरण दिएको हो ।

‘नियमित कारोबार सत्रमा बिहान ११ बजे बजार खुलेपछि ३ बजेसम्म प्रत्येक कारोबारको कारोबार मूल्यलाई सूचीकृत शेयर संख्याले गुणा गरी नेप्से सूचकांक गणना गरिन्छ’, विज्ञप्तिमा भनिएको छ।

 ‘स्वचालित कारोबार प्रणालीले पहिलो चरणमा २ः४५ देखि ३ः०० बजेसम्म प्रत्येक कम्पनीको प्रत्येक कारोबार मूल्य र कारोबार शेयर संख्याका आधारमा भारित औसत मूल्य अर्थात अन्तिम मूल्य गणना गर्छ’, नेप्सेले विज्ञप्तिमार्फत् भनेको छ, ‘स्वचालित कारोबार प्रणालीले दोस्रो चरणमा त्यसरी प्राप्त भारित औसत मूल्यका आधारमा बजार परिसूचक गणना गर्ने गर्छ।’

नियमित सत्रको कारोबारमा सूचकांक गणना गर्दा कम्पनीको कारोबार सेयर संख्यामा प्रभाव नपर्ने नेप्सेले स्पष्ट पारेको छ।

bharit ganana news nepse
 

 
शनिबार, १४ भदौ २०८२, १० : ५६

प्रतिक्रिया