यस साता नेप्सेमा १ करोड १४ लाख कित्ता सेयर सूचीकृत

शनिबार, १४ भदौ २०८२, ११ : १७

काठमाडौं- यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कुल १ करोड १४ लाख ६० हजार ५९० कित्ता सेयर सूचीकृत भएको छ।

जसमध्ये छ्याङ्दी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर बापतको ३८ लाख ६९ हजार ७७५ कित्ता, नेको इन्स्योरेन्सको ७ प्रतिशत बोनस सेयर बापतको १७ लाख ६० हजार ८१५ कित्ता सेयर रहेको छ।

त्यसैगरी हिम स्टार ऊर्जाको ३७ लाख ३० हजार कित्ता आईपीओ र यूनाइटेड अजोडको १० प्रतिशत बोनस सेयर बापतको २१ लाख कित्ता सेयर रहेका छन्।

यसका अलवा यस साता ग्लोबल आइएमई समुन्नत योजना–२ को १५ करोड कित्ता इकाई पनि सूचीकृत भएको छ।

 
शनिबार, १४ भदौ २०८२, ११ : १७

प्रतिक्रिया