प्रधानमन्त्री ओली चीनमा (तस्बिरहरू)

शनिबार, १४ भदौ २०८२, १५ : ४९

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन सहरमा पुगेका छन् ।

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३स्१५ बजे हिमालय एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । 

उनलाई चीन सरकारका उच्चाधिकारी र नेपालका लागि चीनका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए । ओली र चिनियाँ राष्ट्रपतिबिच आजै भेटवार्ता हुने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यसैगरी प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउने भ्रमणको कार्यतालिकामा उल्लेख छ ।

त्यसअघि उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्ने तय भएको छ । 

56e9e9ce-52bd-4480-a395-f278606b0692_v0P8vfDAzy3792f4af-fdc7-4b23-9fb7-5eec37db0974_sTqw0H3Jlqf12a9862-0ad8-4913-adf0-bfb48fe23a23_AqbwhTHbxoae3449a6-6c33-4c11-bf9a-abda1bab0b29_iy4mNghjx8

 
शनिबार, १४ भदौ २०८२, १५ : ४९

प्रतिक्रिया