बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आइतबार, १५ भदौ २०८२, १० : ०९

काठमाडौं- बन्दीपुर केबलकार एन्ड टुरिजमको आईपीओमा आवेदन दिने आज भदौ १५ गते अन्तिम दिन रहेको छ।

कम्पनीले भदौ ११ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गरेको यस आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

सीडीएससीका अनुसार शनिबार साँझसम्म यस आइपीओमा २१ लाख ३१ हजार ७० आवेदकबाट २ करोड ५५ लाख २ हजार २१० कित्ता अर्थात् मागभन्दा ५.८७ प्रतिशत बढी आवेदन परेको छ । यसअनुसार यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड हुनेछ।

कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्कासन गरेको छ। यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सी–आस्बा प्रणालीमार्फत वा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। 

कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ।
 

 
आइतबार, १५ भदौ २०८२, १० : ०९

प्रतिक्रिया