नेप्सेमा दोर्दी खोला जलविद्युतको हकप्रद सेयर सूचीकृत

आइतबार, १५ भदौ २०८२, १५ : ५६

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दोर्दी खोला जविद्युत कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ।

नेप्सेमा आज आइतबार दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो।

कम्पनीले गत वर्ष चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म आफ्ना सेयरधनीहरुलाई १ः१ अनुपातमा अर्थात १०० शतप्रतिशत हकप्रद सेयर जारी गरेको थियो।
 

 
आइतबार, १५ भदौ २०८२, १५ : ५६

प्रतिक्रिया