अप्पर स्यांगे हाइड्रोपावरले बोलायो साधारणसभा, हकप्रद प्रस्ताव पारित गर्ने

सोमबार, १६ भदौ २०८२, १० : २९

काठमाडौं- अप्पर स्यांगे हाइड्रोपावरले आफ्नो नवौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज ९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको चप्पल कारखानास्थित कुण्डलिनी दरबार ब्यांक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ।

सभाले हाल कायम चुक्तापुँजीको १ः१ अनुपात अर्थात १०० प्रतिशत सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। सभाले अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गरी सोहीबमोजिम प्रबन्धपत्र संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट र संशोधन गर्न निर्देशन भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ।

सभाले संस्थापक शेयरधनीहरुका तर्फ प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले यही भदौ २३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २३ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।

 
सोमबार, १६ भदौ २०८२, १० : २९

प्रतिक्रिया