लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको निर्धारित एक अर्ब रकम संकलन

सोमबार, १६ भदौ २०८२, ११ : ०२

काठमाडौं- कोष प्रवद्र्धक लक्ष्मी सनराइज बैंक लिमिटेड तथा कोष व्यवस्थापक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्ड (Laxmi Sustainable Energy Fund -LSEF) ले निर्धारित १ अर्ब रकम संकलन गर्न सफल भएको छ । 

यो फण्ड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडद्वारा व्यवस्थित पहिलो प्राइभेट इक्विटी फण्ड हो । जलविद्युत, सौर्य, वायु उर्जा तथा अन्य क्षेत्रमा लगानी गरी नेपालको दिगो उर्जा क्षेत्रको विकासमा टेवा पु¥याउनुु यस फण्डको मुख्य उद्देश्य हो ।

यस फण्डको उद्देश्य पूर्तिमा निरन्तर समर्थन र विश्वास गर्ने सम्पूर्ण लगानीकर्ताहरुप्रति लक्ष्मी सनराइज क्यापिटलले आभार व्यक्त गरेकोे छ । 

लक्ष्मी सनराइज क्यापिटल लिमिटेड Operating Principles for Impact Management मा हस्ताक्षरकर्ता रहेको छ । 

 
सोमबार, १६ भदौ २०८२, ११ : ०२

प्रतिक्रिया