मुक्तिनाथ क्यापिटलले १ अर्बको म्युचुअल फन्ड ल्याउने, सेबोनसँग माग्यो अनुमति

सोमबार, १६ भदौ २०८२, १२ : ०४

काठमाडौं- मुक्तिनाथ क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड ल्याउने भएको छ। 

यस म्युचुअल फन्ड ल्याउन मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्ड ९सेबोन०सँग अनुमति माग्दै निवेदन दिएको छ।

क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फन्ड–२’ नामक म्युचुअल फन्ड ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

यो बन्दमुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक रहेको छ।

 
सोमबार, १६ भदौ २०८२, १२ : ०४

प्रतिक्रिया