अप्पर स्यांगे हाइड्रोपावरको सेयर कारोबार रोक्का

सोमबार, १६ भदौ २०८२, १६ : २८

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्यांग हाइड्रोपावरलाई कारबाही गरेको छ।

हाइड्रोपावरको सञ्चालक समितिले २०८२ भदौ ११ गते बसेको बैठकमा बार्षिक साधारण सभासम्बन्धी निर्णय गरेको भए पनि उक्त निर्णय नेप्सेमा भदौ १६ गते मा मात्र पुगेको थियो । सोहीकारण नेप्सेले कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र चित्तबुझ्दो जबाफ पठाउन निर्देशन दिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को नियम २२ (१) अनुसार, धितोपत्र मूल्यमा असर पार्ने सूचना, जानकारी वा निर्णय उत्पन्न भएमा सम्बन्धित सूचीकृत संस्थाले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेलाई पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

नेप्सेले कम्पनीलाई ३ कार्यदिन भित्र, समयमै जानकारी पेश गर्न नसकिएको कारण र सञ्चालक समितिको निर्णयको छायाँकपीसहित स्पष्टिकरण बुझाउन निर्देशन दिइएको छ।

 
सोमबार, १६ भदौ २०८२, १६ : २८

प्रतिक्रिया