काठमाडौं- नेचुरल स्प्रिट्स नेपाल प्रालिले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात १५ लाख कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
कम्पनीले आईपीओ निष्कासन प्रक्रियाका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । प्रबन्धक नियुक्ति सम्झौतामा नेचुरल स्प्रिट्सको तर्फबाट अध्यक्ष असिम सिटौला र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
नेचुरल स्प्रिट्स नेपाल लिमिटेड वि.सं २०७१ मंसिर १४ गते मा स्थापना भएको मदिरा उत्पादक कम्पनी हो ।
प्रतिक्रिया