सनराइज होल्डिंग्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त

मंगलबार, १७ भदौ २०८२, १० : २७

काठमाडौं- सनराइज होल्डिंग्स लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । 

कम्पनीले १ सय रुपैयाँ अंकित दरका २४,००,००० कित्ताले हुन आउने २४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । 

साधारण सेयर निष्कासन गर्नका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। 

बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र सनराइज होल्डिंग्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास सिलवालले हस्ताक्षर गरेका हुन्।

सनराइज होल्डिंग्स लिमिटेड २०७१ सालमा स्थापित लगानी कम्पनी हो, जसको प्रमुख लगानी जलविद्युत, यातायात, पर्यटन र कृषि जस्ता क्षेत्रहरुमा केन्द्रित छ । 

निकट भविष्यमा उच्च प्रतिफल दिने क्षेत्रहरु पहिचान गरी लगानी विस्तार गर्ने उद्देश्यको साथ सर्वसाधारणको लागि सेयर निष्कासन गर्न लागेको हो

 
मंगलबार, १७ भदौ २०८२, १० : २७

प्रतिक्रिया