काठमाडौं- बुंगल हाइड्रो लिमिटेडले हिजो भदौ १६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओ पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ।
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि १७ करोड १ लाख ५० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १७ लाख १ हजार ५०० कित्ता साधारण सेयर निष्कासनमा ल्याएको हो।
सिडिएस एण्ड क्लिरिङ्गका अनुसार हिजो साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ६ लाख ३६ हजार ४८७ आवेदन मार्फत ७२ करोड ८ लाख ३६ हजार रुपैयाँ बराबरको ७२ लाख ८ हजार ३६० कित्ता सेयर माग भएको छ। निष्कासित कित्ताका तुलनामा माग भएको कित्ता ४.२३ गुणा बढी हो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। निष्कासन बन्द छिटोमा भदौ १९ गते हुनेछ भने ढिलोमा भदौ ३० गते हुनेछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली र सिडिएसको सफेटवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।
प्रतिक्रिया