काठमाडौं- नबिल बैंक लिमिटेड कोष प्रबर्द्धक तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड निष्कासन तथा बिक्री प्रबन्धक रहेको योजना व्यवस्थापनमा सञ्चालित नबिल म्युचुअल फण्ड अन्तर्गतको एन आई ३१ नामक खुलामुखी योजनाको इकाई बाँडफाँड भएको छ।
यो योजनाको इकाई भदौ १६ गते बिहान १०ः०० बजे नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय, नक्साल काठमाडौंमा बाँडफाँट गरिएको हो।
नबिल इन्भेष्टमेन्टले प्रति इकाई अंकित मूल्य १० रुपैयाँका दरको २ करोड ५० लाख इकाई मध्ये प्रथम चरणमा निष्कासन गरिएको १ करोड ५० लाख इकाई गत साउन ३० गतेदेखि भदौ ३ गतेसम्म सर्वसाधारणहरुमा निष्कासन गरेको थियो।
सोमध्ये १५ प्रतिशत अर्थात ३७ लाख ५० हजार इकाई योजना व्यवस्थापकलाई सुरक्षित राखि १ करोड १२ लाख ५० हजार इकाईहरु सो अवधिभित्र प्राप्त हुन आएका आवेदनहरुको छानविन गरी योग्य आवेदकहरुलाई इकाई बाँडफाँड गरेको हो।
यो योजनाको बाँडफाँड सम्बन्धी नतिजा iporesult.cdsc.com.np बाट हेर्न सकिने छ।
प्रतिक्रिया