नेप्सेले फुकुवा गर्‍यो अप्पर स्यांगे हाइड्रोपावरको सेयर कारोबार

बुधबार, १८ भदौ २०८२, १० : २५

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अप्पर स्यांगे हाइड्रोपावरको सेयर कारोबार फुकुवा गरेको छ।

वार्षिक साधारणसभासम्बन्धी सञ्चालक समितिको निर्णय कम्पनीले ढिलो गरी पठाएको भन्दै गत सोमबार नेप्सेले अप्पर स्यांगे हाइड्रोपावरको सेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र चित्तबुझ्दो जबाफ पठाउन निर्देशन पनि दिएको थियो। 

कम्पनीले प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धतासहितको स्पष्टीकरण पेस गरेपछि सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ।

कम्पनीको सञ्चालक समितिको भदौ ११ गतेको बैठकले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अजेन्डासहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, कम्पनीले सञ्चालक समितिको निर्णय नेप्सेमा भदौ १६ गतेमात्रै पठाएको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित कम्पनीले नेप्सेमा नट्समार्फत पेस गर्नुपर्ने व्यवस्था रहेको छ।

 
 
 
बुधबार, १८ भदौ २०८२, १० : २५

प्रतिक्रिया