काठमाडौं- एसवाई प्यानल नेपालले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ ।
सेबोनबाट स्वीकृति पाएसँगै कम्पनीले ५१ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्ने जनाएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया