काठमाडौं- शिव श्री हाइड्रोपावरले आज भदौ १९ गतेदेखि आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात १ कित्ता सेयर बराबर नयाँ १ कित्ता हकप्रद सेयर जारी गरेको हो। जसअनुसार कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका कुल १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको छ।
यो हकप्रद सेयरमा असोज ८ गतेसम्म आवेदन दिन पाइनेछ।
हकप्रद सेयर जारी गर्न कम्पनीले गते साउन १६ गते बुकक्लोज गरेको थियो। यसर्थ साउन १५ गतेसम्म कायम शेयरधनीले यो हकप्रद सेयर भर्न पाउनेछन्।
सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा, बुटवल र हेटौँडाबाट आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत तथा सीडीएससीको ‘मेरो सेयर’बाट पनि आवेदन दिन सकिनेछ।
प्रतिक्रिया