काठमाडौं- सिद्धार्थ क्यापिटलले लाभांश घोषणा गरेको छ ।
क्यापिटलको भदो १७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट चुक्ता पुँजीको करसहित ३० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लाभांश पारित गर्न कम्पनीले असोज ९ गते नक्साल काठमाडौंमा अपरान्ह साढे ४ बजे १४ औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको संस्थागत सामाजिक उत्तर दायित्व अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ पारित गर्नेछ ।
प्रतिक्रिया