काठमाडौं- संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४१ लाख ६० हजार कित्ताले हुन आउने कुल ४१ करोड ६० लाख बराबरको आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिइएको छ। बिक्री प्रबन्धकसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र संयुक्त उर्जा लिमिटेडका प्रबन्ध सञ्चालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका छन्।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा रहेको २१।३ मेगावाट क्षमताको ठूलो खोला जलविद्युत आयोजना निर्माण कार्य सम्पन्न गरी हाल व्यावसायिक उत्पादन सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया