गंगा हेल्थ केयर इण्डष्ट्रिजले आईपीओ जारी गर्ने

विहीबार, १९ भदौ २०८२, १७ : ०८

काठमाडौं- गंगा हेल्थ केयर इण्डष्ट्रिज लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा गंगा हेल्थ केयर इण्डष्ट्रिजको तर्फबाट अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पूँजीको ३० प्रतिशत साधारण सेयर सर्वसाधारणलाई निष्कासन गर्ने जानकारी दिएको छ ।

 
विहीबार, १९ भदौ २०८२, १७ : ०८

प्रतिक्रिया