नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

शनिबार, २१ भदौ २०८२, १० : २८

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन्। उनलाई मन्त्रीस्तरीय निर्णयमार्फत ३ वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरिएको हो।

नेप्से लामो समयदेखि अध्यक्षविहीन अवस्थामा थियो। सहसचिव शोभाकान्त पौडेल सचिवमा बढुवा भएसँगै नेप्सेमा अध्यक्ष पद खाली रहेको थियो।

बस्याल यसअघि एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) थिए। केही दिनअघि मात्र उनले व्यक्तिगत कारण देखाउँदै सो पदबाट राजीनामा दिएका थिए।

यसअघि धितोपत्र बोर्डको अध्यक्ष पदका लागि समेत आवेदन दिएका उनले नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि पनि आवेदन दिएका थिए।

लामो समयदेखि नेतृत्वविहीन नेप्सेमा बस्यालको नियुक्तिसँगै नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ । 

 
शनिबार, २१ भदौ २०८२, १० : २८

प्रतिक्रिया