पिपुल्स पावरको लिलामी सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज अन्तिम दिन

आइतबार, २२ भदौ २०८२, ११ : ०५

काठमाडौं- पिपुल्स पावर लिमिटेडले भदौ १५ गतेदेखि लिलामी बढाबढ प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवितरित हकप्रद सेयर खरिदका लागि बोलपत्र पेस गर्ने आज (भदौ २२ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर लिलाम बिक्री गरेको हो। कम्पनीले ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा ल्याएको हो।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सेयर संख्याको लागि कुनै हद तोकिएको छैन।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका विराटनगर, वीरगंज, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

 
आइतबार, २२ भदौ २०८२, ११ : ०५

प्रतिक्रिया