नेपाल माइक्रो इन्स्योरेन्सको १ लाख १२ हजार कित्ता सेयरको लकइन अवधि आजबाट सकिँदै

आइतबार, २२ भदौ २०८२, ११ : २६

काठमाडौं- नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आज भदौ २२ गतेबाट सकिने भएको छ ।

कम्पनीले जारी पूँजी ७५ करोडको ३० प्रतिशतको २२ करोड ५० लाखको २२ लाख ५० हजार कित्ता आइृपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो।

सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषको सेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था भएकाले सोही बमोजिम उक्त सेयर लकइनमा थियो। 

लकइन समय सकिएपछि यो सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 
 
आइतबार, २२ भदौ २०८२, ११ : २६

प्रतिक्रिया