मौसम पूर्वानुमान

आज कस्तो रहला देशभरको मौसम ?

सोमबार, २३ भदौ २०८२, ०७ : १३

काठमाडौं- हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशको पहाडी भू(भागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सोमबार, २३ भदौ २०८२, ०७ : १३

प्रतिक्रिया