एभरेस्ट स्कुलमा अन्तर सांस्कृतिक कार्यक्रम सम्पन्न

सोमबार, २३ भदौ २०८२, १० : १७

काठमाडौं- एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा आइतबार भक्तपुरमा अन्तर सांस्कृतिक कार्यक्रम भएको छ ।

नेपाल र जर्मन दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ  भक्तपुरमा अन्तर सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रम दुई चरणमा गरिएको थियो । पहिलो चरणमा औपचारिक र दोस्रो चरणमा प्रदर्शनी गरिएको थियो ।

कार्यक्रमको पहिलो चरणमा नेपाल र जर्मन दुई देशका विभिन्न सांस्कृतिक कार्यक्रमहरूको पनि प्रस्तुति गरिएको थियो । नेपाली धिमे नाचलगायत देखाइएको थियो भने जर्मनका विभिन्न नाचहरू पनि एउटै स्टेजमा देखाइएको थियो । दुवै नाच नेपाली विद्यार्थीले देखाएका थिए ।

कार्यक्रमको दोस्रो चरणमा विभिन्न स्टलहरू राखेर प्रदर्शन गरिएको थियो । ती स्टलहरूमा नेपाली र जर्मन खानाका विभिन्न परिकारहरूको स्वाद चाख्न सकिने व्यवस्था पनि गरिएको थियो । इच्छुकहरूले पैसा तिरेर त्यहाँ तात्तातो खानाहरू खान सकिने व्यवस्था थियो । साथै त्यहाँ नेपालका विभिन्न खेलहरूको पनि प्रदर्शन गरिएको थिए । साथै जर्मनमा विभिन्न स्टलहरू पनि रहेका थिए ।

कार्यक्रमको उद्घाटनको क्रममा नेपाल र जर्मनको राष्ट्रिय गान पनि गाइएको थियो । साथै नेपाल र जर्मनका विभिन्न गीतहरू पनि गाइएको थियो ।

कार्यक्रममा आयोजक स्कुलका संस्थापक प्रिन्सिपल भक्त राज भण्डारी, स्कुलका जर्मन भाषा शिक्षकलगायतले नेपाल र जर्मनको सम्बन्धको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा स्कुलमा चारदेखि ८ कक्षासम्मका विद्यार्थीहरू सहभागी रहेका थिए ।

 
सोमबार, २३ भदौ २०८२, १० : १७

प्रतिक्रिया