खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

सोमबार, २३ भदौ २०८२, १० : ४३

काठमाडौं- खानी खोला हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ३ गतेबाट निष्कासन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आज भदौ २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले हाल कायम चुक्तापुँजी ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँको १ः१ अनुपातमा अर्थात शतप्रतिशत जारी गरेको हो।

जसअनुसार कम्पनीले ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको छ ।

हकप्रद सेसयरमा सेयरधनीहरुले धितोपत्र बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलको कार्यालयका साथै सिटिजन्स बैंकका शाखाहरु कुमारीपाटी, थिमी, विराटनगर, बिर्तामोड, वीरगन्ज, सुर्खेत, जनकपुर, नेपालगन्ज, नारायणगढ, धनगढी, पोखरा र हेटौँडाबाट आवेदन दिन सक्नेछन्।

साथै कुमारी बैंकको ललितपुरसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाका सी–आस्बा प्रणाली र सीडीएससीको मेरो शेयरबाट शेयर खरिदका लागि आवेदन दिन सकिनेछ।

हकप्रद सेयर जारी गर्न कम्पनीले असार २७ गते बुक क्लोज गरेको थियो। यसको मतलब असार २७ गतेभन्दा अघिसम्म कायम सेयरधनीहरुले यो कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

 
सोमबार, २३ भदौ २०८२, १० : ४३

प्रतिक्रिया