अश्रुग्याँस र हवाई फायरले रोक्न सकेन जेनजीको प्रदर्शन, बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी

सोमबार, २३ भदौ २०८२, १३ : ०२

काठमाडौं- जिल्ला प्रशासन कार्यालयले काठमाडौंका निश्चित स्थानमा कर्फ्यु आदेश जारी गरेको छ । 

दिउँसो १२ः३० बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी भएको हो ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

viber_image_2025-09-08_12-30-24-601_GQE27AGPrs

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले नयाँ बानेश्वरस्थित संसद् भवनमा ढुंगामुढा गरिरहेका छन् । 

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्याँस प्रहार गरिरहेका छन् । प्रहरीले कयौँ राउन्ड अश्रुग्याँस प्रहार गर्दा पनि प्रदर्शनकारीहरू पछाडि हटेका छैनन् ।

genz-samsad-entry_npl-(8)_v8GxwnFS6Q

 
 
 
 
सोमबार, २३ भदौ २०८२, १३ : ०२

प्रतिक्रिया