काठमाडौं– जेनजी पुस्ताले घोषणा गरेको आन्दोलन देशभर फैलिएको छ । राजधानी काठमाडौंसहित पोखरा, बुटवल , विराटनगर, जनकपुर लगायतका प्रमुख शहरमा जेनजीले प्रदर्शन गरेका छन् ।
यही क्रममा काठमाडौंमा जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० भन्दा बढी घाइते भएका छन् ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा जेन–जी पुस्ताले गरेको प्रदर्शनमाथि प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् ।आन्दोलन अनियन्त्रित भएपछि भिड नियन्त्रण गर्न गोली चलाएको प्रहरीले जनाएको छ ।
जनकपुरधाममा पनि जेनजी पुस्ताले सोमबार प्रदर्शन गरेका छन् । जेनजी पुस्ताका युवा समूहले जनकपुरधाम नगर परिक्रमा गर्दै जनक चोकमा गएर कोणसभा आयोजना गरेका थिए ।
यस्तै जेनजी पुस्ताले रुपन्देहीको बुटवलमा पनि प्रदर्शन गरेको छ । प्रदर्शनमा सयौँ युवाहरू सहभागी भएका छन् ।
प्रतिक्रिया