काठमाडौं– काठमाडौंको बानेश्वरमा जेनजी प्रदर्शनमा क्रममा एक जनाको मृत्यु भएपछि आन्दोलन थप उग्र बनेको छ।
सोमबार दिउँसो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि आन्दोलनकारीहरू थप उग्र बन्न थालेका हुन्।
अहिले प्रदर्शनकारीले विभिन्न ठाउँमा आगजनी समेत गरिरहेका छन्। उनीहरूले संसद भवनको गेट अगाडि आगजनी गरेका छन्।
जेनजी पुस्ताले गरेको प्रदर्शनमा क्रममा घाइते एक जनाको मृत्यु भएको छ भने करिब ७० भन्दा बढी घाइते भएका छन् ।
प्रतिक्रिया