अपडेट

जेनजीको आन्दोलनमा प्रहरीको अत्यधिक बल प्रयोग, ८ जनाको निधन

सोमबार, २३ भदौ २०८२, १५ : १०

काठमाडौं– जेनजीको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ८ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् । 

राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ५ जनाको मृत्यु भएको छ भने सिभिल अस्पतालमा २ जना र एक जनाको घटनास्थलमै मृत्यु भएपछि मृतकको संख्या ८ पुगेको हो । त्यस्तै, २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ ।

शान्तिपूर्ण रुपमा गरिएको प्रदर्शनका क्रममा बल प्रयोग गरिएको भन्दै प्रदर्शनकारीहरुले प्रहरी दमनको विरोध गरेका छन् ।

यसबारेमा मानव अधिकार लगायत अन्य निकायहरुले कुनै नियमन नगरेको भन्दै चर्को विरोध भएको छ ।

 

 
 
 
 
सोमबार, २३ भदौ २०८२, १५ : १०

प्रतिक्रिया