जेनजीको आन्दोलनले अत्तालियो सरकार, चल्न थाल्यो फेसबुक

सोमबार, २३ भदौ २०८२, १५ : ३७

काठमाडौं– जेनजीको आन्दोलनसँगै अत्तालिएर सरकारले सामाजिक सञ्जाल फेसबुक खुलाउन निर्देशन दिइएको पाइएको छ ।

सरकारले औपचारिक घोषणा नगरेपनि सरकारकै निर्देशन र आन्दोलनले उग्र रुप लिएपछि इनटरनेट प्रदायक संस्थाहरुले खुलाएको हुनसक्ने आशंका गरिएको छ ।

जेनजीको उग्र रुप लिएपछि सरकारले बेलुका ६ बजे मन्त्रिपरिषदको बैठक बोलाएको छ । यही बैठकबाटै सामाजिक सञ्जाल सुचारु गरिएको औपचारिक घोषणा गर्ने तयारी रहेको स्रोतले जनाएको छ ।

 जेनजीको प्रदर्शनका क्रममा प्रहरीले बल प्रयोग गर्दा ८ जनाले ज्यान गुमाएका छन् भने सयौं घाइते भएका छन् । 

 
सोमबार, २३ भदौ २०८२, १५ : ३७

प्रतिक्रिया