अपडेट

जेनजी आन्दोलनमा ज्यान गुमाउनेको संख्या १४ पुग्यो

सोमबार, २३ भदौ २०८२, १६ : २९

काठमाडौं- सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएसँग ज्यान गुमाउने सङ्ख्या १४ पुगेको छ ।  सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।

योसँगै उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ । 

जस अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।घाइतेहरूको यकिन विवरण भने प्राप्त भइसकेको छैन ।

 
सोमबार, २३ भदौ २०८२, १६ : २९

प्रतिक्रिया