गृहमन्त्री लेखकले दिए राजीनामा

सोमबार, २३ भदौ २०८२, २० : ५५

काठमाडौं- गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा दिएका हुन्। 

आजै बसेको कांग्रेस पदाधिकारी बैठकमा लेखकले उक्त घटनाको आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै राजीनामा दिने बताएका थिए ।  

सोमबार जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरी दमन हुँदा काठमाडौंमा १७ जनाले ज्यान गुमाए भने सयौंको संख्यामा घाइते भएका छन् । त्यसको नैतिक जिम्मेवारी लिँदै लेखकले राजीनामा दिएका हुन् ।

सोमबार, २३ भदौ २०८२, २० : ५५

प्रतिक्रिया