काठमाडौं– जेनजी आन्दोलनको दोस्रो दिन आक्रोशित युवाहरुले नेताहरुको घर लक्षित आक्रमण बढाएका छन् । जेनजी आन्दोलनका आक्रोशित प्रदर्शनकारीहरुले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुर खुमलटारको निवासमा आगजनी गरेका छन् ।
स्थानीय प्रशासनले बिहानैदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेपनि आन्दोलनकारीहरुले अवज्ञा गर्दै मुख्य नेताको घरबाहिर नाराजाबाजी गर्दै आगजनी गरेका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा पनि प्रदर्शनकारीहरुले नाराबाजी गरेका छन् ।
सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवास सुनाकोठीमा पनि प्रदर्शनकारीले नाराबाजी गर्दै आगजनीको प्रयास गरेका छन् ।
प्रतिक्रिया