त्रिभुवन विमानस्थल पनि बन्द

मंगलबार, २४ भदौ २०८२, १३ : ५१

काठमाडौं– जेनजीको आन्दोलनले उग्र रुप लिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको छ। 

१२ बजेयता कुनै पनि अन्तर्राष्टिय विमान आएको छैन भने यहाँबाट हुने उडानतर्फ केही अन्तर्राष्ट्रिय विमान कम्पनीहरु उड्ने तयारीमा छन्। 

परिस्थिति विकराल बन्दै गएपछि विमानस्थल प्रशासनले सुरक्षा व्यवस्थालाई मध्यनजर गरी विमानस्थलमा उडान अवतरण रोकिएको हो। 

 
मंगलबार, २४ भदौ २०८२, १३ : ५१

प्रतिक्रिया