आन्दोलनकारीलाई वार्तामा आउन प्रधान सेनापतिको आग्रह (भिडियो)

मंगलबार, २४ भदौ २०८२, २१ : १३

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै आन्दोलनकारीलाई वार्तामा आउन आग्रह गरेका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै सिग्देलले नेपालको स्वतन्त्रता सार्वभौमसत्ता भौगोलिक अखण्डता स्वाधीनता र राष्ट्रिय एकताका लागि नेपाली जनताको सुरक्षार्थ नेपाली सेना कटिवद्ध रहेको बताएका छन् ।

‘जेनजीको आन्दोलनमा पुगेको जनधनको क्षतिप्रति गहिरो दुस्ख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना,शोक सन्तप्त परिवारजनमा समवेदनासहित घाइतेको स्वास्थ्यलाभको कामना गर्दछौं ।’, सेनापतिले भनेका छन्, ‘हालसम्म धेरै क्षति भएकाले थप क्षति हुन नदिन, शान्ति सुरक्षा र अमनचयन राष्ट्रिय एकता र सद्भाव कायम गर्नु नेपालीको साझा दायित्व हो । सार्वजनिक एवं नागरिकको सम्पत्ति, कुटनीतिक नियोक र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिनु साझा कर्तव्य हो ।’

मंगलबार, २४ भदौ २०८२, २१ : १३

प्रतिक्रिया