काठमाडौं- नेपाली सेनाले आज राति १० बजेदेखि अन्य सुरक्षा निकायसँग समन्वय गरेर सम्पूर्ण सुरक्षाको जिम्मा लिने भएको छ । जेनजीको आन्दोलनले दोस्रो दिन राजधानीका अधिकांश क्षेत्रमा केही घुसैठ भएको भौतिक संरचना क्षति पुर्याउने कार्य गरेको भन्दै सुरक्षाको जिम्मा लिन लागेको हो ।
नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा आज राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकाय सक्रिय रूपमा तैनाथ हुने उल्लेख गरिएको छ। शान्ति–सुरक्षा कायम गर्न विशेष जिम्मेवारीसहित सेनालाई परिचालन गरिएको स्पष्ट पारिएको छ।

प्रतिक्रिया