काखे बालक घरमै छोडेर आन्दोलनमा घाइते युवाको सेवा गर्दै डा. रबाब

बुधबार, २५ भदौ २०८२, १० : ३१

काठमाडौं- विभिन्न माग राखी आन्दोलनमा उत्रिएका जेनजी समुह र सुरक्षा निकायबीच भिडन्तमा घाइते हुने विद्यार्थीहरू लाई घट्टेकुलो अनामनगरस्थित काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले निःशुल्क उपचार औषधी र बिरामीहरुलाई खाना समेत उपलब्ध गराएको छ। 

युवाहरू सहभागी आन्दोलनमा राज्यपक्ष उग्र भएसँगै घाइतेको संख्या सरकारी अस्पतालमा बढेसँगै सामाजिक उतादयित्व र युवाहरू प्रतिको माया सदभावको कारण अस्पताल अगाडि सरेको हो । 

प्रहरीको गोली लागेर घाइते भएका विद्यार्थीलाई एक तर्फ राष्ट्रको माया देखिन्थ्यो भने अर्को तर्फ आन्दोलनमा आएको कुरा घर परिवार लाई जानकारी नदिने मनसाय देखिन्थ्यो । साथीहरुले अस्पताल पुर्याएदेखि अस्पतालका नर्स र डाक्टरहरु नै उनीहरूको परिवार हुँदै छन् ।

डाक्टर हरू उपचार गर्दै गर्दा नर्सहरू औषधी र खाना खुवाउँदै गरेको कुरा अस्पताल निर्देशक डा रबाब बानुले बताइन् ।  ‘अस्पताल प्रशासनले आफ्नो रेकर्डको लागि तस्वीर लिदा पनि युवाहरुले मेरो आमालाई म आन्दोलनमा आएको कुरा जानकारी छैन कृपया सामाजिक सञ्जालमा यो तस्विर नहाल्नु भन्थे । खुट्टामा गोली लागेको विद्यार्थीको तस्बिर लिँदा कपाल कोरेर चिटिक्क भएको देख्दा अनौठो लाग्थ्यो। आफू पीडामा हुँदा पनि देश जितेको खुसीले बढी महत्व राखेको थियो।’, उनले भनिन् । 

युवा हरुको उमङ्ग, उत्साह लाई हेरेर आफ्नो काखे बालक लाई घरमै छोडी अस्पताल निर्देशक डा रबाव बिहान देखी राती अबेर सम्म उपचारमै व्यस्त रहेको अस्पतालले जानकारी दिएको छ । 

बुधबार, २५ भदौ २०८२, १० : ३१

प्रतिक्रिया