त्रिभुवन विमानस्थल खुल्यो, भोलिदेखि आन्तरिक उडान नियमित हुने

बुधबार, २५ भदौ २०८२, १६ : २७

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला गरिएको छ।

विमानस्थल कार्यलयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुरू गर्ने निर्णय गरेको हो।

विमानस्थल मंगलबार दिउसोदेखि बन्द गरिएको थियो। यससँगै अब अन्तर्राष्ट्रिय उडानहरू नियमित हुनेछन्।

आन्तरिक उडान भने भोलिबाट नियमित हुने वायुसेवा कम्पनीहरूले बताएका छन्।

 
बुधबार, २५ भदौ २०८२, १६ : २७

प्रतिक्रिया