काठमाडौं- नेपालमा रोकिएका भारतीय नागरिकलाई स्वदेश फर्काउन एयर इण्डिया र इन्डिगो एयरलाइन्सले विशेष उडान सुरु गरेका छन् ।
नेपालमा भएको हिंसात्मक प्रदर्शनका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा भन्दा लामो समय बन्द हुँदा काठमाडौँमा रहेका भारतीयसहित विदेशी यात्रुहरु अलपत्र परेका थिए ।
विमानस्थल सञ्चालनमा आएपछि भारतको नागरिक उड्डयन मन्त्रालयले आफ्ना नागरिकलाई स्वदेश फर्काउन एयर इन्डिया र इन्डिगोसँगको समन्वयमा बिहीबारदेखि अतिरिक्त उडानको व्यवस्था गरेको छ ।
भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडुले सामाजिक सञ्जालमार्फत आगामी दिनहरूमा पनि नागरिकहरूको सुरक्षित यात्राका लागि थप उडान तय गरिएको पुष्टि गरेका छन् । उनले सङ्कटको यस घडीमा हवाई भाडालाई उचित सीमामा राख्न पनि एयरलाइन्सहरूलाई निर्देशन दिएका छन् ।
युवाहरूको अगुवाइमा भएको बृहत् प्रदर्शन हिंसात्मक बनेपछि त्रिभुवन विमानस्थल बन्द हुँदा विभिन्न देशका पर्यटकहरु यहाँ अड्किएका छन ।
प्रतिक्रिया