चीनद्वारा नेपालमा छिटोभन्दा छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा व्यक्त

विहीबार, २६ भदौ २०८२, १३ : ३९

काठमाडौं- चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन्। 

बुधबार आयोजित एक पत्रकार सम्मेलनमा हालै नेपालमा भएको प्रदर्शन र अशान्तिले प्रधानमन्त्रीले राजीनामा दिनुपरेको अवस्थाबारे प्रश्न सोधिएको थियो । 

यसबारे बोल्दै उनले नेपालका सबै पक्षले आफ्ना आन्तरिक समस्याहरूलाई उचित रूपमा सम्बोधन गरी छिट्टै सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता कायम गर्ने आशा व्यक्त गरे।

प्रवक्ता लिनले चीन र नेपाल परम्परागत रूपमा मित्रवत् छिमेकी राष्ट्र भएको बताए। उनले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई पनि सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।

विहीबार, २६ भदौ २०८२, १३ : ३९

प्रतिक्रिया