जेनजीको आन्दोलनले निम्त्याएको सामाजिक अराजकता

विभिन्न अपराधमा मुछिएका कैदीबन्दी जेल बाहिर, सुरक्षा दिने प्रहरीलाई भने ज्यान जोगाउनै मुस्किल

विहीबार, २६ भदौ २०८२, १३ : ४३

काठमाडौं– जेनजी आन्दोलनको दोस्रो दिन परिस्थिति असामान्य बन्दा नेपाल प्रहरीका कर्मचारीहरु पूर्णतया रक्षात्मक बनेका छन् । सोमबारको आन्दोलनमा सरकारले नृशंस दमन गरेपछि आक्रामक बनेका जेनजी आन्दोलनकारीहरुको निशानामा प्रहरी परेका थिए ।

जेनजी पुस्ताका युवाहरुका्े दोस्रो दिनको आन्दोलन उग्र बन्दा प्रहरीको नियन्त्रण बाहिर गएको थियो । त्यसै कारण मुलुकमा प्रमुख प्रशासनिक संरचना लगायत अन्य राष्ट्रिय सम्पत्तिमा ठूलो क्षति हुन पुग्यो । त्यसै क्रममा जेलमा कैद भुक्तान गरेका कैदीहरु समेत सुरक्षा कमजोरीको फाइदा उठाएर बाहिरिएका छन् । मुलुकका अधिकांश कारागारहरु अहिले खाली बनेका छन् ।

अहिले सामाजिक सञ्जालमा आन्दोलनकारीद्वारा प्रहरी कुटिएको र अपमानजनक व्यवहार गरिएको भिडियो भाइरल बनेका छन् । कतिपय स्थानमा प्रहरीलाई नांगै बनाएर समेत निर्घात कुटपिट गरिएको भिडियो देख्न सकिन्छ । 

प्रहरी मुख्यालय आसपासका प्रहरी गणमा समेत आन्दोलनकारीहरुले तथानाम गाली गर्दै प्रहरीलाई अपमानजनक व्यवहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ । यसले नेपाल प्रहरीको मनोबल निकै गिराएको छ भने आम जनताको पनि प्रहरी प्रतिको धारणा बदलिएको छ ।

प्रहरीको गोली लागेर सोमबार एकैदिन देशभर १९ जनाले ज्यान गुमाएका थिए । त्यसमा प्रहरीलाई मुख्य जिम्मेवार देखाउँदै हत्याको आरोप सर्वसाधारणहरुले समेत लगाइरहेका छन् । 

जनताको सुरक्षा दिने प्रहरीमाथि नै भएका आक्रमण र उपेक्षाले आगामी दिनमा सामाजिक क्षेत्र थप अराजक बन्ने संशय फैलिएको छ । यसले मुलुककै एक प्रमुख सुरक्षा निकायको विश्वसनीयतामा गम्भीर क्षति पुर्याएको छ । 

यस्तो प्रतिकूल परिस्थितिको सामना गरिरहेका प्रहरी कर्मचारीहरुले अहिले सामाजिक सञ्जालमा आफूलाई ब्लक ठोक्न आग्रह गर्दै पीडा पोखिरहेका छन् । उनीहरुले लेखेका छन्, ‘म नेपाल प्रहरी भएकामा घृणा राख्नेहरू, कृपया मलाई ग्लाचष्भलम बलम द्ययिअप गर्दा पनि हुन्छ । प्रहरीले राज्य र सरकारले दिएको आदेशको पालना गरी देश र जनताको रक्षा गर्दै सार्वजनिक सम्पत्तिको रक्षा पनि गरेको थियो अन्तिममा आएर प्रहरीलाई नै वर्दी खोलेर हिन्न बाध्य बनायौँ र प्रहरीको ब्यारेक भवन जलायौ हतियार लुट्यौ अब आफ्नो सुरक्षा पनि आफै राख्नुहोस् । नबिर्सनुहोस्, हामी प्रहरीबिनाको समाजको कल्पना पनि गर्न सक्दैनन् ।‘

 
 
 
विहीबार, २६ भदौ २०८२, १३ : ४३

प्रतिक्रिया