काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्थितीमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर आफूले विचार विर्मश एवं हर प्रयासमा लागिरहेको बताएका छन् ।
विहीबार एक विज्ञप्ती जारी आम नागरिकलाई सम्बोधन गर्दै जारी गरिएको विज्ञप्तीमा आन्दोलनकारी नागरिकका माग सम्बोधन गर्ने र छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन आग्रह गरेका छन् । उनले संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्नका लागि सवैले सहयोगका लागि सबैसंग आग्रह गरेका छन्।

प्रतिक्रिया