काठमाडौं– जेनजी आन्दोलनको कारण बुधबारदेखि सुनसान बनेको काठमाडौंको सडकमा आज ( शुक्रबार) भने चहलपहल बढेको छ । सकडमा गाडीहरूको चाप बढेको छ । बिहान खुलेका पसलहरूमा किनमेल गर्नेहरू उल्लेख्य संख्यामा देखिएका छन् ।
चोकचोकमा ट्राफिक प्रहरीले आजबाट उपस्थिति देखाएको छ । सडकमा प्रहरी पनि देखिन थालेका छन् । हिजोसम्म सडक सेनाले नियन्त्रणमा लिएको थियो । सडकमा सार्वजनिक यातायातको आवतजावत नदेखिएता पनि निजी तथा अत्यावश्यक सेवाका साधनहरूको चाप छ । केही दिनदेखि सुनसान काठमाडौंका सडक र गल्ली निषेधाज्ञा खुलेका बेला भीडभाड बढेको छ ।
प्रतिक्रिया