काठमाडौं- नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले बिमितको धनसम्पत्तिमा भएको क्षति र त्यसम्बाट उत्पन्न असहजतालाई मध्यनजर गर्दै दाबी छिटो र सहज ढंगले फछ्यौट गर्न निर्देशन दिएको हो ।
सूचनामा भनिएको छ, ‘उक्त परिस्थितिको कारण बिमितको धनसम्पत्तिमा हुन गएको क्षति र असहजतालाई मध्यनजर गर्दै सोबाट पर्न सक्ने दाबीलाई यथासम्भव छिटो र सहज ढंगले फछ्यौट गर्न हुन निर्देशानुसार अनुरोध गरिन्छ।’
प्राधिकरणले क्षतिको विवरण प्रत्येक हप्ताको बुधबार पेस गर्न समेत बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ। यसका लागि बीमा कम्पनीहरूले एक्सेल वर्कशीट भरि तोकिएको गुगल फर्म मार्फत पठाउनुपर्ने व्यवस्था गरिएको छ।
प्रतिक्रिया