काठमाडौं- अन्तरिम सरकार गठनको गृहकार्य भइरहेको समयमा प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास प्रवेश गरेका छन् ।
जेनजीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि कानुनी जटिलता फुकाउनेबारे सहमति जुटिसकेको छैन ।
राष्ट्रपतिले बिहानैदेखि कानुनविद्सँग परामर्श गरिरहेका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व दिने विषयमा छलफल चलिरहेको बताइएको छ ।
प्रतिक्रिया