राजतन्त्र फर्काउने र धर्मरिपेक्षता हटाउने षड्यन्त्र स्वीकार्य छैनः वृहत नागरिक आन्दोलन

शुक्रबार, २७ भदौ २०८२, १६ : ०६

काठमाडौं- वृहत नागरिक आन्दोलनले जेनजी आन्दोलनका शहीदको लासमाथि टेकेर नेपाली सेनाको मध्यस्तकर्तामा राजतन्त्र फर्काउने र धर्म निरपेक्षता हटाउने षड्यन्त्र स्वीकार्य नहुने बताएको छ । 

जेनजी आन्दोलनको म्याण्डेट र बलिदानी दिएका युवाहरुको आवाज पश्चगमनको पक्षमा नरहेको बताउँदै वृहत नागरिक आन्दोलनले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
यस प्रतिकुल परिस्थितिमा प्रतिगमनलाई परास्त गर्ने बलियो किल्ला ७२ को संविधान भएकाले त्यसमै टेकेर अघि बढ्नुपर्ने वृहत नागरिक आन्दोलनको धारणा छ । 

‘यस संगीन परिस्थितिमा प्रतिक्रान्तिलाई परास्त गर्ने हाम्रो सबैभन्दा बलियो किल्ला नै २०७२ को नेपालको संविधान हो । त्यसमा अडिग रहेर त्यसका संरक्षक राष्ट्रपतिको अभभिावकत्वमा जेनजी क्रान्तिको सफलताको बाटाृे पहिल्याउनु आजको आवश्यकता हो । ’, वृहत नागरिक आन्दोलनको विज्ञप्तिमा उल्लेख छ ।

 
शुक्रबार, २७ भदौ २०८२, १६ : ०६

प्रतिक्रिया