जेनजीको प्रदर्शनमा घटेका अप्रिय घटनाको तस्बिर तथा भिडियोहरू पठाउन प्रहरीको आग्रह

शुक्रबार, २७ भदौ २०८२, १६ : २६

काठमाडौं- नेपाल प्रहरीले जेनजी पुस्ताका युवाहरूले गरेको प्रदर्शनमा घटेका अप्रिय घटनाहरूको तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिङ्कहरू भए पठाउन आग्रह गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले आम नागरिकहरूलाई त्यस्ता तस्बिर,भिडियो तथा सामाजिक सञ्जालका लिंकहरू भए [email protected]  मा पठाउन प्रहरीले आग्रह गरेको हो । गोपनियता गोप्य राखिने प्रहरीले जनाएको छ । 

गत सोमबार र मंगलबार भ्रष्टाचार,सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध देशभर प्रदर्शन गरेका थिए । जेनजीहरुको प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए भने देशले ठुलो जनधनको क्षति व्यहोर्नु परेको थियो ।

546392171_1101242002138322_1397866359686829262_n

शुक्रबार, २७ भदौ २०८२, १६ : २६

प्रतिक्रिया