जिल्ला प्रशासन ललितपुरले लगायो निषेधाज्ञा र कर्फ्यु

शनिबार, २८ भदौ २०८२, ११ : १५

काठमाडौं- जिल्ला प्रशासन कार्यालय ललितपुरले आज निषेधाज्ञा तथा कर्फ्यु आदेश जारी गरेको छ । 

एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा जारी गरेको हो । त्यस्तै, साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।

यसअघि सेनाले जारी गर्दै आएको निषेधाज्ञा र कर्फ्यु आदेश अब स्थानीय प्रशासनले जारी गर्न थालेका छन् । नागरिक सरकार गठन भएसँगै स्थानीय प्रशासन शान्ति सुरक्षा कायम गर्न सक्रिय भएको हो ।
 

शनिबार, २८ भदौ २०८२, ११ : १५

प्रतिक्रिया